कोरोना स्वास्थ्य सामग्री नदिएको प्रति वीपीका नर्सहरु आन्दोलित (भिडियो सहित)

धरान । अस्पताल प्रशासनले आफ्ना मागहरु प्रति संवोधन नगरेको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरु आन्दोलित भएका छन् ।

कोरोना संक्रमित विरामीहरुको उपचारमा रहँदा प्रतिष्ठानले आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध नगराएको भन्दै उनीहरुले प्रतिष्ठान व्यवस्थापन समक्ष १६ बुँदे माग बुझाएका छन् । उक्त माग संवोधन नभए भोलीबाट कालोपट्टी बाँधेर काम गर्ने बताएका छन् ।

११ गतेसम्म पनि प्रतिष्ठानले माग पुरा नगरे प्रतिष्ठानमा रहेका सबै स्टाफ नर्स, हेल्पर, हेल्थ एडहरुले कामकाज बन्द गर्ने चेतावनी पनि दिएका छन् । नर्सहरुको मागका सन्दर्भमा प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर शाह, मेट्रोन उपेन्द्र यादव तथा आन्दोलनरत नर्सहरुका प्रतिनिधिहरुको बैठक बसिरहेको छ ।

स्टाफ नर्सहरुले कोरोना संक्रमित विरामीसँग सम्पर्कमा रहेका नर्सहरुलाई क्वारेन्टिन व्यवस्था नगरेको, ज्यान जोखिममा पारेर काम गरिरहे पनि अहिलेसम्म जोखिम भत्ता नदिएको, मास्क, पञ्जालगायत स्वास्थ्य सुरक्षा सामग्री पर्याप्त उपलब्ध नगराएको बताएका छन् ।

यसै गरी नेपाल सरकारले बढाएको २० प्रतिशत तलब नदिएको, डिउटीमा पुर्ण पिपिई दिएर मात्र खटाउनुपर्ने, कोरोना विमाको व्यवस्था गर्नुपर्ने, कोरोना शंकास्पद विरामीहरुको पिसिआर रिपोर्ट चाँडो ल्याउने व्यवस्था गर्नुपर्नेलगायत मागहरु राखेका छन् ।

हेर्नुहाेस भिडियाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *