राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा उपेन्द्र कोइराला

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्राडा. उपेन्द्र कोइरालालाई नियुक्त गरेको छ । शुक्रबार कोइरालालाई सञ्चालक नियुक्त गरिएको हो ।

कोइराला नियुक्तिको पत्र राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा पुगेको छ । बैंकले बुधबारका लागि सञ्चालक समितिको बैठक डाकेको छ । बैठकको कोइरालालाई सञ्चालक समिति अध्यक्ष चयन गर्नेछ ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसका प्रमुख र नेपाल आयल निगमको कार्यकारी निर्देशकसमेत कोइराला भइसकेका छन् । उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपतिसमेत हुन् । उनी पूर्वएमाले निकट हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *