ओली भेट्न बालुवाटारमा प्रचण्ड, कार्यदलको प्रतिवेदनमाथि छलफल जारी

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारूढ नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल जारी छ । प्रम निवास बालुवाटारमा केही समय अघिदेखि छलफल सुरू भएकाे हाे ।

१० असारमा सुरु भएको नेकपाको स्थायी कमिटीको बैठकमा अर्का अध्यक्ष प्रचण्डसहित बहुमत स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो । दुई अध्यक्षबीचकाे तिक्तता समेत बढेकाे थियाे ।

चरम उत्कर्षमा पुगेको विवाद समाधानका लागि अध्यक्षद्वय ओली–प्रचण्डले साउन ३० गते महासचिव पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य रहेको कार्यदल गठन गरेका थिए । साे कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा प्रम ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहने, सरकारलाई नेतृत्व गर्ने र अध्यक्ष दाहालले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरूको सञ्चालन निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने लगायतका सुझाव दिइएकाे छ ।

कार्यदलको प्रतिवेदनबारे दुई अध्यक्षबिच छलफल भएपछि सचिवालय बैठक बस्ने तयारी पनि गरिएकाे छ । स्थायी कमिटीमा पनि छलफल गर्ने नेताहरूकाे तयारी छ । यसले नेकपाभित्रकाे विवाद समाधान हुने विश्वास लिइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =