टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
२०७७ भदौ ८ गते

बारा । जिल्लाकाे जितपुर सिमरा उपमहानगरपालिका १ पथलैयामा हिजो साँझ टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । हेटौडाबाट गइरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५१०४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको ना २४ प ४७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार मकवानपुरको हेटौडा उपमहानगरपालिका ८ का ३५ वर्षीय बल बहादुर श्रेष्ठको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । गम्भीर घाइते भएका ४० वर्षीय दिपक लामालाई उपचारका लागी बयोधा अस्पताल वीरगञ्ज लगिएको छ । दुर्घटनामा संलग्न सवारी साधन सहित टिपर चालकलाई प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिएको छ ।
२०७७ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








