स्वास्थ्य सहायकद्वारा उपचार गर्न आएकी किशोरीमाथि बलात्कार

बारा । उपचार गर्न आएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–२ बिर्ती बस्ने २६ वर्षीय प्रमोद साह रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती युवती निजगढ नगरपालिका–११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक हेल्थ क्लिनिकमा पेट सम्बन्धि उपचार गराउन गएकी थिइन् । त्यहाँका स्वास्थ्य सहायक (एचए) साहले उपचार गर्ने क्रममा जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ ।

जबरजस्ती करणीको खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =