पटनाली खाेलाकाे पुलमा फेला परेकाे शवकाे पहिचान खुल्याे

  • भरतराज शर्मा (गोपाल)

सुसनरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर २ पटनाली खोलाको पुलमा आज (सोमबार) बिहान भेटिएको बेवारिसे शवको पहिचान खुलेको छ । अन्दाजी ४० वर्षीय मृतक धरान उपमहमहानगर–१३ जिरोपोइन्टका जन कुमार राई भएको खुलेकाे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजवंशीले पुष्टि गरे ।

राईको शव आज बिहानै ५ बजे कालो रंगको टिसर्ट, खैरो रंगको हाफ पेन्ट र रातो रंगको चप्पल लगाएको अवस्थामा फेला  परेकाे थियो । उनको शवसँगै खोलाको पुलमाथि नै को ३६ प ४०२३ नम्बर भएको सुजुकी कम्पनीको रातो रंगको स्कुटर समेत बेवारिसे अवस्थामा भेटिएको थियो ।

राईको मृत्युको कारणबारे यकिन भन्न नसकेपनि उनि मानसिक रुपमा अस्वस्थ रहेको पाइएको प्रहरीले जनाएको छ । मृत्युकाे कारणबारे भने अनुसन्धान जारी रहेकाे इन्स्पेक्टर राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =