पटनाली खाेलाकाे पुलमा एक पुरूषकाे शव फेला, स्कुटर पनि भेटियाे
२०७७ भदौ ८ गते

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर २ पटनाली खोलाको पुलमा एक पुरुषको शव फेला परेको छ ।
कालो रंगको टिसर्ट, खैरो रंगको हाफ पेन्ट र रातो रंगको चप्पल लगाएको करिब ४० वर्ष उमेरको जस्तो देखिने ती पुरुषको शव आज (सोमबार) बिहान ५ बजे भेटिएको हाे ।
शवसँगै खोलाको पुलमाथि को ३६ प ४०२३ नम्बरको सुजुकी कम्पनीको रातो रंगको स्कुटर समेत बेवारिसे अवस्थामा भेटिएकाे ईलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाडंव राजवंशीले जानकारी दिए ।
प्रहरी निरीक्षक राजबन्शीका अनुसार घटनाको विषयमा थप अनुसुन्धान भइरहेकाे छ । शवको मुचुल्का उठाइ पोस्टमार्टमको लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको राजवंशीले जानकारी दिए ।
२०७७ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








