उपत्यकामा बिहान सवा ९ बजेसम्म मात्रै अत्यावश्यक पसल खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म मात्रै अत्यावश्यक पसल खुल्ने भएका छन् । अत्यावश्यक रुपमा चाहिने तरकारी, फलफूल र खाद्यान्न पसलहरु मात्रै सञ्चालन हुने बताइएको छ ।

आज बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन्।

उनले यो व्यवस्था लागू गर्नका सबै निकायलाई निर्देशन दिइएको बताए। तर औषधि पसल दिनभर सञ्चालन हुन पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =