रातिको खानासँगै दही खानु स्वास्थ्यका लागि घातक

दही स्वास्थ्यको लागि एकदमै लाभकर चिज हो जसले शरीरलाई सबै कुराहरुबाट फाइदा पुर्‍याउँछ । जसले औषधिको पनि काम गर्छ । दही सेवन शरीरमा ताजगी ल्याउन, पाचन प्रक्रिया स्वच्छ राख्न, छालाको स्वच्छता लगायत विभिन्न तवरले राम्रो मानिन्छ ।

प्रायः हामी रातिको खानासँगै दही पनि खाने गर्छौँ । हामीलाई यो थाहा हुँदैन की रातिको खानामा दही खानाले हाम्रो शरीरलाई कति हानि पुर्‍याइरहेको हुन्छ । दहिले समस्या उत्पन्न गराइरहेको हुन्छ तर हामीलाई अनुभव भए पनि त्यो त्यसकै कारण हो भन्ने कुरा थाहा पाउँदैनौँ । हामीलाई यो कुरा थाहा छैन की कुन खाने कुरा कति बेला खाएमा शरीरलाई फाइदाजनक हुन्छ । कुन खानेकुरा कति बेला खाएमा शरीरलाई नोक्सानी हुन्छ ।

शरीरका लागि सन्तुलित आहाराको रूपमा लिइने दहीले कतिपय रोगहरूलाई निको पनि बनाउँछ र शरीरको रोग प्रतिरोधक क्षमता पनि बढाउन मदत गर्छ । तर खानेकुराको उपयुक्त समय थाहा नहुँदा त्यो नै शरीरको लागि विष बन्न जान्छ । यदि दही हामीले बिहानको खानासँग खायौँ भने शरीरलाई फाइदा पुर्‍याउँछ । शरीरलाई ताजगी दिने काम गर्छ र शरीरलाई स्वस्थ राख्न मदत गर्छ ।

राति दही खाँदा शरीरलाई समस्या हुन्छ भन्ने कुरा कसैलाई अनौठो पनि लाग्ला र झट्ट सुन्दा विश्वास पनि नलाग्ला किनकि हामी जति बेला जुन खानेकुरा मनपर्यो त्यहीँ खाने गर्छौँ । तर त्यसो होइन आफ्नो स्वास्थ्य भन्दा ठुलो कुरा अरू केही छैन । आफ्नो स्वास्थ्यको हेरचाह आफैले गर्नुपर्छ । शरीर स्वस्थ्य राख्ने दायित्व व्यक्ति स्वयमकै हो । थाहा पाइराखौँ किन रातिको खानासँगै दही खाँदा शरीरका लागि घातक हुन सक्छ ?

राति दही खान नहुने कारण यस्ता छन् :

१. राति खाँदा हानिकारक, बिहान खाँदा अमृत समान
दही अमिलो हुने भएकाले राति स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। राति दही खानाले शरीरमा कफलाई बढ्न मद्दत गर्दछ। साँझ हुँदै लाग्दा शरीरको पाचन शक्ति कमजोर हुँदै जान्छ र दही पचाउन लामो समय लाग्छ। बिहान खाली पेटमा दही खाएमा अल्सर, एसिडिटी, हात खुट्टा दुख्ने, आँखामा दुख्ने समस्या निको भएर जान्छ। दिउँसो २ देखि ३ बजेसम्म मात्रै दही खानु उपयुक्त मानिन्छ।

यदि रातिको समय दही खाने बानी परेको भए दहीमा मेथीको धुलो र कालो खोर्सानी मिलाएर खानु उपयुक्त मानिन्छ। दहीमा उच्च मात्रामा प्रोटिन, क्याल्सियम, फस्फोरस, जिङ्क, पोटासियम, म्याग्नेसियम पाउनुका साथै यसमा ओमेगा ३ र ओमेगा ६ फ्याटी एसिड समेत हुन्छ।

२.रुघाखोकीको समस्या आउन सक्छ
रातिको समयमा दही खाँदा रुघा खोकीको समस्या आउन सक्छ । किनकि दहीले शीतलता पनि दिने हुनाले श्वासप्रश्वास, रुघाखोकीको समस्या निम्त्याउन सक्छ । टाउको भारी हुने, घाँटी दुख्नेलगायतको समस्या आउन सक्ने आयुर्वेद विज्ञहरूको अनुसन्धानमा खुलेको छ ।

३. जोर्नी दुखाइको समस्या
जोर्नी दुखाइको समस्या भएकाहरूलाई पनि राति दही आनुउपुक्त मानिँदैन जोर्नी दुखाइ बढ्ने बेचैन हुने जस्ता समस्या देखिन सक्छन् ।

४. निन्द्रा नपर्ने समस्या
अस्थामा तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाहरूले बिर्सेर पनि राति दही सेवन गर्नु हुँदैन । अस्थामाका बिरामीले राति दही सेवन गरेमा श्वास पलेर्न गाह्रो हुने सक्छ । तर स्वस्थ व्यक्तिले पनि राति दही सेवन गर्नु हानिकारक नै छ ।

५. ज्वरोको सिकायत हुनसक्छ
रातिको दही सेवनले शरीरको सन्तुलन नै बिग्रने सम्भावना हुन सक्छ । शरीरको तापक्रममा गडबडी उत्पन्न हुने, शरीर दुख्ने जसका कारण ज्वरो आउन सक्ने हुन्छ ।
६. शरीरको दुखाइ बढ्ने
कसैमा शरीर दुख्ने समस्या छ भने त्यो समस्या झन् बढ्ने सम्भावना हुन सक्छ । दुखाइ सम्बन्धी समस्या भएकाले राति दही सेवन गरेमा पित्त बढ्ने र जसका कारण दुखाइ बढाउन मदत गर्ने हुन्छ । यदि शरीर दुख्ने समस्या छ भने राति दही नखानु नै उपयुक्त हुन्छ ।

यदि कसैलाई यो पनि लाग्न सक्छ की हिजो राति दही खाएको थिएँ तर कुनै पनि समस्या देखिएन । प्रत्येक व्यक्तिमा शरीरको रोग प्रतिरोधात्मक क्षमता फरक फरक हुनसक्छ । कुनैमा बढी कुनैमा कम हुनसक्छ । तर त्यो कुरा थाहा हुँदैन की राति दही खाएर समस्या उत्पन्न भएको हो अथवा अन्य कारणले हो हामीलाई नै यकिन भएको हुँदैन । तर अवश्य पनि रातिको समय दही सेवनले शरीरको सन्तुलन अन्य दिनको भन्दा अलि फरक महशुुस गर्न सक्छौँ ।

शरीर स्वस्थ हुनेहरूको भन्दा शरीरमा कुनै समस्या भएकालाई त्यसले बढी असर गरेको हुन्छ । त्यसैले यो नभुलौँ की रातिको समय दही खानु स्वास्थ्यको लागि उपयुक्त छैन ।

यस्तै दही रातमा मात्र होइन वसन्त र सर्दीको सयमा समेत खानु हुँदैन। यो मौसममा दहीको सेवनले शरीरको मांसपेशी तथा नशामा रोकावट पनि आउन सक्छ । जसले गर्दा नर्भ सिस्टममा समस्या आउँछ। शरीरमा आलस्यता, थकान, अनिद्रा, कमजोरी तथा विभिन्न रोगले च्याप्ने सम्भावना हुन्छ।

साथै रातिको दही सेवनले तौल बढ्ने, एलर्जी, भोमिट हुने र अमिलो डकार आउने समस्या पनि हुन सक्छन् । मासुसँग दही कहिल्यै खानुहुँदैन । र अमिलो दही तातो खानासँग पनि खानु हानीकारक नै मानिन्छ ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *