वीपी प्रतिष्ठानमा प्लाज्मा थेरापीबाट उपचार गरिएका कोरोना सङ्क्रमितको मृत्यु
२०७७ भदौ ७ गते

तस्विरः फायल
काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । धरान ८ सुनसरीका ६८ वर्षीय पुरुषको आज अपराह्न ६ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिएका छन् ।
साउन २९ गते पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ आएका मृतक साउन ३० गते प्रतिष्ठानमा भर्ना भएका थिए । उनलाई अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएका कारण अस्पताल भर्ना गरिएको थियो । उनमा दीर्घकालीन रोग उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास सम्बन्धी समस्या पनि रहेको डा. सापकोटाले जानकारी दिए ।
अहिले मृतकको शव व्यवस्थापनको लागि तयारी भइरहेको बताइएको छ । धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । मृतक दुई जना पुरुष र एक महिला छन् ।
२०७७ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित








