धरानमा १७ वर्षीय किशोरले गरे आत्महत्या

सुनसरी । धरानमा एक किशोरले आत्महत्या गरेका छन् । धरान– १५ महादेव चोक घर भएका १७ वर्षीय प्रवेश कुमार लिम्बूले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले दिएको जानकारी अनुसार मृतक किशोर आज (आइतबार) बिहान ५ बजे टिनको छानो भएको घरको बलोमा तन्नाको पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।

मृतक किशोर नवज्योति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + thirteen =