थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १६६ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २८१ जना संक्रमित डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागैश्वर गौतमले आज (आइबार) को प्रेस ब्रिफिङका क्रममा यसबारे पुष्टि गरेका हुन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । संक्रमितमध्ये १८ हजार ६३१ जना उपचारपछि निको भइसकेका छन् ।

त्यस्तै १३ हजार १५५ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । यी मध्ये ३ हजार ९४३ जना होम आइसोलेनमा छन् । देशभर ११ हजार ४१४ जना क्वारेन्टिनमा छन् । आज थपिएका संक्रमितमध्ये उपत्यकाका १६६ जना रहेका छन् । भक्तपुरका २८, काठमाडौंका १२६ र ललितपुरका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =