कोरोनाको असरले बैंकको खराब कर्जा बढ्यो, नाफा पनि घट्यो

काठमाडौं । कोरोनाले विश्वभरको अर्थतन्त्रमा असर पारेको छ । कोरोनाको असर नेपाली बैंकिङ क्षेत्रमा पनि प्रत्यक्ष देखिएको छ । मुलुकमा सञ्चालित २७ कमर्सियल बैंकहरुको वित्तीय विवरणले नै कोरोनाको असर बैंकिङ क्षेत्रमा कति परेको छ भन्ने देखाएको छ ।

गत आर्थिक वर्षको तुलनामा २०७६\७७ को तथ्यांक हेर्दा कमर्सियल बैंकहरुको नाफामा ८ अर्ब ६८ करोड ४९ लाख १ हजार रुपैयाँले कमी भएको छ । गत आर्थिक वर्ष २०७६\७७ मा २७ वाणिज्य बैंकहरुले ५४ अर्ब ३१ करोड ६ हजार ९८ रुपैयाँ कमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७५\७६ मा वाणिज्य बैंकहरुले ६३ अर्ब रुपैयाँ ९ सय ९९ रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए ।

कोरोनाको कारणले बैंकको निष्कृय कर्जासमेत बढेको छ । ११ चैतदेखि करिब ४ महिना लामोे लकडाउनमा बैंकहरुले सेवा सुचारु राखे पनि यसको असर भने देखिएको छ ।

देशभर कोरोना त्रासका कारण व्यवसाय सञ्चालन नभएको र नयाँ व्यवसाय सञ्चालन नभएको कारणले सञ्चालन नभएको कारणले पनि बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम थपिएको छ । उद्योग व्यवसायमा लगानी भएको कर्जाको व्याजसम्म उठ्न सकेको छैन । अघिल्लो आर्थिक वर्ष १.४४ प्रतिशत रहेको बैंकहरुको निष्कृय कर्जा यस बर्ष बढेर १.७३ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्तामा डा गुणाकर भट्टले सामान्य रुपमा नै निष्कृय कर्जा बढेको बताए । त्यस्तो ठूलो रुपमा बढेको छैन। तर बैंकहरुले लकडाउ कै कारणले निष्कृय कर्जा बढेको भनिरहेको बताए ।

नेपाल बैंककर्स संघका अध्यक्ष भुवान दाहालले कोरोनाको कारण नै निष्कृय कर्जा बढेका बताए । अहिले बैंकले पनि व्याज छुट दिएकोले पनि धेरै देखिएको बताए । कोरोनाको असर कति समयसम्म रहने भन्ने थाहा छैन । पछिल्ला दिनहरुमा अझ निष्कृय कर्जा बढ्दै जान सक्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *