मोबाइलमा पानी पस्दा के गर्ने ? थाहा पाइराख्नुस्

काठमाडौं । अहिले वर्षात्‌को मौसम चलिरहेको छ । तर वर्षात्‌को बेला पनि मानिसहरुलाई घरबाहिर निस्किनु परिरहेको हुन्छ । कहिले रेनकाेट, छाता बाेक्न बिर्सन्छाैँ अनि भिज्छाैँ पानीले । सँगसँगै हाम्रो साथमा भएको स्मार्टफोन पनि भिज्न पुग्छ ।

कति पटक त यस्तो सम्म हुन्छ कि हाम्रो ‍फोन सानो गल्तीले पानीमा खसिदिन्छ । त्यसैले आज हामी तपाईंलाई यदि वर्षात्‌मा स्मार्टफोन भिजेको खण्डमा के गर्ने र के नगर्ने भन्ने बारेमा केही टिप्स दिँदै छाैँ । फोन भिजेको वा पानीमा खसेको अवस्थामा तपाईंको पहिलो काम के हुन्छ भने यदि तपाईंको स्मार्टफोन अन छ भने अफ गरिदिनुहोस् । बन्द गरिसकेपछि कुनै पनि बटन दबाउने वा अन गर्ने कोसिस नगर्नुहोस् । यसो गर्दा फोनमा शर्ट सर्किटको खतरा टर्नेछ ।

यदि तपाईंसँग पुरानो फोन छ र त्यसमा ब्याट्री झिक्न मिल्ने सुविधा छ भने ब्याट्री, मेमोरी कार्ड र सिमकार्डलाई सजिलो गरि निकाल्नुहोस् । यदि फोनमा नन् रिमुभल ब्याट्री छ भने शर्ट हुने खतरा रहिरहन्छ । अब फोनलाई पंखाको मुनी वा हेयर ड्रायर ९ब्लोअर० मार्फत सुखाउनु होस् । फोनमा देखिने पानीलाई कपडा वा पेपर न्याप्किनले पुछ्नुहोस् ।

यदि तपाईंसँग हेयर ड्रायर छैन भने फोनलाई सुक्खा चामलको बीचमा राख्नुहोस् । तर चामलको गेडा हेडफोन ज्याकबाट भित्र जानसक्ने कुरामा ख्याल गर्नुहोस् । यसरी फोनलाई कम्तिमा २४ घण्टासम्म सुख्नका लागि छोडिदिनुहोस् । भिजेको फोन सुखाउने यो नै सबैभन्दा उपयोगी अनि सजिलो उपाय हो ।

अब फोनलाई चामलबाट बाहिर निकालेर अन गर्नुहोस् । यदि फोन अन भएन भने चार्जमा लगाउनुहोस् । त्यसपछि पनि फोन खुलेन भने नजिकैको मोबाइल बनाउने ठाउँमा वा सम्बन्धित सर्भिस सेन्टरमा जानुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =