निर्मला हत्या प्रकरण : अदालतले भन्यो- ‘ओबामाले माफी माग्दा प्रहरी नेतृत्वले किन नमाग्ने ?’

काठमाडौं । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीसँग प्रहरी नेतृत्वले माफी माग्नुपर्ने फैसला सुनाएको छ ।

प्रकरणको अनुसन्धानमा खटिएका ८ प्रहरी कर्मचारीविरुद्ध प्रमाण नष्ट गरेको र सार्वजनिक न्यायविरुद्धको कसूर र यातना दिएको आरोपमा मुद्दा चलाइएकामा उनीहरुलाई जिल्ला अदालत कञ्चनपुर सफाइ दिएको थियो ।

उक्त फैसलाको पूर्ण पाठमा प्रहरी कर्मचारीले पक्राउ परेका दिलिप सिंह विष्टलाई यातना दिनुपर्ने कुनै कारण नभएको र प्रमाण नष्ट समेत नगरेको उल्लेख गरिएको छ ।

दिलिपलाई हिरासतमा लिँदा र छाड्दा स्वास्थ्य परीक्षण गरेको, परीक्षण गर्ने डाक्टरले समेत दिलिपलाई यातना दिएको नदेखिएको अदालतमा बताएको, निलडाम चोटपटक नदेखिएको, सरकारी वकिलकै सामु सोधपुछ गरेको भिडियो फुटेजमा समेत कुनै यातना दिएको छनक नदेखिएको र यातना दिनुपर्ने पर्ने कुनै कारण नभएको पूण पाठमा उल्लेख छ ।

गत २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न जान्छु भनेर गएकी निर्मला साउन ११ गते नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन् ।

अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि उनको हत्यामा संलग्न अझैसम्म कानूनी कठघरामा उभ्याउन सकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *