क्यामेराको लेन्सबाट निषेधाज्ञाको विराटनगरलाई नियाल्दा…

विराटनगर । समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय, मोरङले निषेधाज्ञा जारी गर्यो । योसँगै विराटनगर सुनसान देखिएको छ ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमणको न्यूनीकरण तथा रोकथामका लागि विराटनगरलगायत ३ स्थानीय तहमा पाँच दिने निषेधाज्ञा जारी गरेसँगै विराटनगर सुनसान देखिएको हो ।

बैठकको निर्णयानुसार शुक्रबार मध्यरातदेखि भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै विराटनगरका सडक तथा मुख्यबजार क्षेत्रहरु सुनसान देखिएका छन् भने दैनिक चहलपहर रहने प्रमुख सडक तथा चोकहरुमा समेत आवतजावत कम देखिएका छन् ।

निषेधाज्ञाको पहिलो दिन विराटनगरस्थित रोडसेस चोक, महेन्द्र चोकदेखि बरगाछी चोक साथै विराटनगरका भित्री बजार क्षेत्रमा सर्वसाधरणको आवतजावत शून्य छ । अत्यावश्यक बाहेकाका सवारी साधन तथा औषधालय बाहेक अन्य पसलहरु बन्द छन् ।

सुरक्षकर्मीको चेकजाँचमा पनि कडाइ गरिएको छ । स्वास्थ्यकर्मी र सञ्चारकर्मी लगायतलाई परिचयपत्रका आधारमा सहजीकरण गरएको छ ।

थप तस्वीरहरु हेर्नुस्,

तस्वीरः सूजाता लिम्बू, मकालु खबर।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *