सन्दीप अनुबन्धित जमैका गुएनाविरद्ध मैदान उत्रिँदै
२०७७ भदौ ६ गते

सीपीएलमा सन्दीप लामिछाने। फाइल फोटो।
एजेन्सी । नेपाली लेगस्पेनर सन्दीप लामिछाने सम्मिलित टोली जमैकाले आज राति तेस्रो खेल खेल्दैछ ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले तेस्रो खेलमा गुएना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ ।
जमैका र गुएनाबीचको खेल नेपाली समय अनुसार राति १२ बजे आरम्भ हुने छ । वारियर्सविरुद्ध मैदान उत्रिँदा जमैका दोस्रो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।
जमैका २ खेलमा २ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।
२०७७ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित








