नेता नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीलाई कोरोना संक्रमण
२०७७ भदौ ६ गते

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए ।
नेता नेपालसँगै परिवारको रिपोर्ट भने नेगेटिभ आएको गौतमले जानकारी दिए । गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो ।
स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो । संक्रमित सबैलाई आइसोलेशन पठाइसकिएको छ ।
२०७७ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित








