गण्डकी प्रदेशमा कोरोना : संक्रमितको संख्या १९ सय नजिक

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढेको बढ्यै छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिबार (आज) बिहान अद्यावधिक गरेको विवरण अुनसार थप ११ जना संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या १,८५५ पुगेको हो ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिकामा तीन, नवलपरासी पूर्वमा तीन, तनहुँमा दुई, स्याङ्जामा दुई र बागलुङका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =