२ वर्षभित्र कोरोना भाइरस नियन्त्रणमा आउन सक्छः डा. टेड्रोस

एजेन्सी । कोरोना भाइरस आउँदो २ वर्षभित्र नियन्त्रणमा आउने विश्व स्वास्थ्य संगठनले बताएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख डा. टेड्रोस घेब्रेयेससले २ वर्षभन्दा कम समयमै विश्वबाट कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने बताएका छन्।

सन् १९१८ को स्पेनिस फ्लुको तुलनामा कोरोना भाइरसको महामारी चाँडै नियन्त्रणमा लिन सकिने उनको भनाइ छ। सन् १९१८ को स्पेनिस फ्लूका कारण कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो।

उनले विश्वव्यापीकरण र पूरै विश्वबीच सम्पर्क भएका कारण कोभिड–१९ को संक्रमण विश्वमा तीब्र गतिमा फैलिए पनि उच्च प्रविधिका कारण यसलाई स्पेनिस फ्लुको तुलनामा चाँडै नियन्त्रणमा लिन सकिने तर्क गरेका छन् ।

तर अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने उनले बताएका छन् । उनले भनेका छन्, ‘पक्कै पनि भाइरस थप फैलिने सम्भावना छ । तर हामीसँग प्रविधि छ, जसले भाइरसको संक्रमणलाई रोक्न पनि सकिन्छ ।’

उनले कोरोना भाइरस विरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता तथा विश्वव्यापी सहकार्य अत्यावश्यक रहेकोमा पुनः जोड दिएका छन्।

कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म ८ लाख बढि मानिसको ज्यान गएको छ । यस्तै दुई करोड २७ लाख भन्दा बढी मानिस विश्वभर संक्रमित भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *