सीपीएल: सन्दीपको टोली जमैकाको पहिलो हार

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो दोस्रो खेलमा पराजित भएको छ ।

बिहान भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित हुँदै जमैकाले पहिलो हार भोगेको हो । जमैकाले दिएको १३६ रनको लक्ष्य पछाएको ट्रिनबागोले १८.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । खेलमा सन्दीप लामिछाने एक विकेट लिएका थिए ।

यो जितसँगै ट्रिनबागोले सीपीमा लगातार दोस्रो खेल जितेको छ । ट्रिनबागोको २ खेलमा २ जितसहित ४ अंक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =