सशस्त्र प्रहरी अस्पतालमा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणका कारण सशस्त्र प्रहरी अस्पतालमा एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

काठमाडौँ बालुवाटार निवासी पुरुषको हस्पिटल आएको १ घण्टामा निधन भएको सशस्त्र प्रहरी अस्पताल बलम्वुका प्रवक्ता डाक्टर प्रविन नेपालले पुष्टि गरे ।

करिब ८ दिन देखि कोरोना सङ्क्रमण भएका उनको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पताल ल्याउँदा मृत्यु भएको हो ।

शव व्यवस्थापनमा सितापाईलामा रहेको नेपाली सेनाको श्री युद्ध कवच गणका प्रमुख सेनानी देवेन्द्र खड्का नेतृत्वको टोली परिचालित भएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण बिहीबार मात्र ७ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seven =