९ किलो ३५० ग्राम चरेससहित धादिङकी एक युवती पक्राउ
२०७७ भदौ ४ गते

काठमाडौं । ९ किलो ३५० ग्राम चरेससहित धादिङकी एक युवतीलाई थानकोट प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटको विशेष अप्रेसनमा चन्द्रागिरि नगरपालिका–१२ बलम्बुबाट २२ वर्षीया पवित्रा थिङलाई पक्राउ गरिएको हो।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले धादिङ गजुरी गाउँपालिका–८ की उनी बलम्बुमा डेरा गरी बस्ने थिङलाई ९ केजी चरेससहित पक्राउ गरेको पुष्टि गरे ।
उनका श्रीमान फूलबहादुर तामाङ फरार रहेको श्रेष्ठको भनाइ छ ।
खाटमुनि जेब्रा झोलामा लुकाएर राखेको चरेससहित प्रहरीले थिङलाई पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए।
थिङमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान थालिएको थानकोट प्रहरीले जनाएको छ।
२०७७ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित








