चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु
२०७७ भदौ ४ गते

सांकेतिक तस्वीर। मकालु खबर।
- ध्रुवराज खनाल
चितवन । चितवनमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका १३ निवासी ६५ वर्षीया पुरुषको आज बिहिबार दिउँसो मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । बिगत ६ दिनदेखि आइसियुमा राखेर उनको उपचार भइरहेको थियो । कोरोना संक्रमित उनी दिर्घरोगी समेत रहेको अस्पतालले जनाएको छ ।
चितवनमा कोरोना संक्रमित दुई जनाको यसअघि मृत्यु भइसकेको छ ।
२०७७ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित









