मेडिकल काउन्सिलले लिने परीक्षा स्थगित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्ता प्रमाणपत्र परीक्षा स्थगित गरेको छ । काउन्सिलले आज एक सुचना प्रकाशित गर्दै भदौ ७ गते गर्ने भनेको परीक्षा स्थगित गरेको जनाएको छ ।

काउन्सिलले यहि भदौ ७ गते चिकित्सा शाष्त्रका विभिन्न विषय उत्तिर्ण गरेका चिकित्सकहरुको लाइसेन्स परीक्षा लिने भनेको थियो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण उक्त परीक्षा स्थगित गरिएको काउन्सिलले जनाएको छ ।

‘कोभिड–१९ को विश्वव्यापी महामारीका कारण सृजित विषम परिस्थिति एवम् काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँहरुमा गरिएको निषेधाज्ञा/बन्दाबन्दीको कारण उक्त परीक्षा स्थगित गरिएको छ’ काउन्सिलद्वारा जारी सुचनामा भनिएको छ ।

काउन्सिलले स्थिति सहज हुनासाथ विभिन्न उपकेन्द्रहरुबाट परीक्षा लिने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *