एम्बुलेन्सबाट खसेर एक युवतीको मृत्यु

दाङ । दाङको लमही नगरपालिका ७ बनघुर्सीमा एम्बुलेन्सबाट खसेर एक युवतीको मृत्यु भएको छ । एम्बुलेन्समा सवार राजपुर गाउँपालिका ७ भैसाहीकी ३५ वर्षीया कमला बिश्वकर्माको मृत्यु भएको हो ।

पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १ च १६४५ नम्बरको एम्बुलेन्स रोकेर पुन हिड्ने क्रममा एम्बुलेन्समा सवार उनी खसेकी थिईन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

एम्बुलेन्ससहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =