वीपी प्रतिष्ठानलाई सिजीले दियो प्रोटेवल भेन्टिलेटर

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताललाई एक थान प्रोटेवल भेन्टिलेटर प्रदान गरीएको छ । प्रतिष्ठानलाई सिजी ग्रुपले उक्त प्रोटेवल भेन्टिलेटर उपलब्ध गराएको हो ।
काेराेना संक्रमितकाे उपचारमा सहयाेग पुगाेस भन्ने हेतूले सिजीले उक्त भेन्टिलेटर प्रतिष्ठानलाई उपलब्ध गराएकाे हाे ।
योसँगै प्रतिष्ठानमा १० ओटा भेन्टिलेटर रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् । प्रतिष्ठान कोभिड–१९ लेवल ३ अस्पताल हो ।
आज प्रतिष्ठानबाट एक पुरुष र एक महिला कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । साउन २४ गते भर्ना भएका उनीहरु कोरोनाको उपचार पछि डिस्चार्ज भएका हुन् । यो सँगै प्रतिष्ठानबाट कोरोनाको उपचारपछि डिस्चार्ज हुनेको संख्या ३५६ पुगेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा हालसम्म २६,९९६ जनाको पिसिआर परीक्षण भएको छ । प्रतिष्ठानमा कोरोना उपचारकाृे क्रममा ९ जनाको निधन भएको छ । भने, अहिले प्रतिष्ठानमा ८३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।









