थप ६८१ जनामा कोरोना भाइरस संक्रमण, उपत्यकामा १५९ थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमित डिस्चार्ज भएको पनि उनले जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ भने संक्रमितमध्ये १७ हजार ७०० जना संक्रमणमुक्त भएका छन् ।

आज क्वारेन्टिनमा रहनेको संख्या १३ हजार ५७१ छ । ११ हजार ११८ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाको पीसीआर परीक्षण भएको छ । याेसँगै पीसीआर संख्या ५ लाख ५४ हजार ३८८ पुगेकाे छ ।

आज थपिएका संक्रमितमध्ये उपत्यकाका मात्रै १५९ जना रहेका छन् । काठमाडौंका १३४, भक्तपुरका ८ र ललितपुरका १७ जनामा संक्रमण पुष्टि भएको हो । अन्य संक्रमित विभिन्न जिल्लाका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *