शेयर बजार राताम्मे, १६.६० अंकले घट्यो

काठमाडौँ । शेयर बजारमा आज घटेको छ । साताको पहिलो दिन आइतबार १७.३३ अंकले घटेको बजार दोश्रो दिन करेक्सन हुँदै १०.७५ अंक र हिजो तेश्रो दिन मंगलबार ५.६८ अंकले बढे पनि आज फेरि १६.६० अंकले घटेको छ ।

नेप्सेका अनुसार १.१८ प्रतिशतले घट्दा परिसूचक १३९१.२९ अंकमा झरेको छ । आज १८५ कम्पनीका २४ लाख ७४ हजार ३ सय २९ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ६२ लाख ३५ हजार ५९ रुपियाँ बराबरको कारोबार भयो । आज सबै समूह राताम्मे भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *