पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब इतिहासमै पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

लिस्बनमा गएराती भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइप्जिगलाई ३-० ले पराजित गर्दै पीएसजीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।पिएसजीको जितमा एन्जल डी मारिया, मर्क्यून्होज र जुआन बेर्नाट बेलास्कले एक एक गोल गरेका थिए । पिएसजीको गोलमा एन्जल डी मारियाले दुई असिस्ट गरेका थिए भने नेइमारले एक असिस्ट गरेका थिए ।

योसँगै पिएसजी क्लबको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । अब पिएसजीले फाइनलमा बायर्न म्युनिख र लियोनबीचको विजेतासँग खेल्ने छ । दुवै बीचको दोस्रो सेमिफाइनल खेल आजराती हुदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =