उपत्यकाका तीन जिल्लामा बुधबारदेखि एक साता निषेधाज्ञा
२०७७ भदौ २ गते

काठमाडौं । बुधबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।
मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भोली (बुधबार) मध्यराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यस्तो निर्णय गरिएको हो ।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेक अरु सबै सेवाहरु बन्द हुनेछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या करिब २५ सय पुगिसकेको छ । आजमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
२०७७ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित








