काेराेना जाेखिम बढेपछि कास्कीमा लगाइयो भदौ ७ सम्म निषेधाज्ञा

पाेखरा । कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा निषेधाज्ञा लगाइएकाे छ ।

आज (मंगलबार) रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुनेगरी निषेधाज्ञा लगाइएकाे सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । प्रजिअ पाैडेलका अनुसार जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त निर्णय गरेको हाे ।

उक्त निर्णयसँगै आज राति १२ बजेदेखि ६ दिनसम्म कास्कीमा निषेधाज्ञा जारी रहने छ । निषेधाज्ञाको अवधिमा खाद्य पदार्थ र औषधिबाहेक अरु सबै पसल बन्द रहने छन् । सो अवधिमा घर बाहिर निस्कन समेत पाइने छैन ।

त्यस्तै स्वास्थ्य, सञ्चार र सुरक्षाकर्मी तथा अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक जिप्रकाबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् भने सरकारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =