बार्सिलोनाका प्रशिक्षक सेटिएन बर्खास्त !

काठमाडौं । च्याम्पियन्स लिगमा इतिहासकै लज्जास्पद हार ब्यहोरेपछि बार्सिलोनाले प्रशिक्षक के सेटिएनलाई बर्खास्त गरेको छ । स्पानियस जायन्ट बार्सिलोनाले प्रशिक्षक के सेटिएनलाई बर्खास्त गरेको बार्साका प्रशिक्षक वफसेफ मारिया बार्तामेउले बताएका छन् ।

स्पेनिस मिडिया टेम्पो डि जुएगासँगको कुराकानीमा उनले सेटिएन बर्खास्तमा परेको बताएका हुन् । ‘सेटिएन इज आउट ।’ बार्तामेउले बताएका छन् । यद्यपि, बार्सिलोनाले अझैसम्म औपचारिक जानकारी गराएको छैन ।

जनवरीमा एर्नेस्टो भेलभेर्डेलाई बर्खास्त गर्दै सेटिएनलाई प्रशिक्षक बनाइएको थियो । तर उनले स्पेनिस ला लिगा र च्याम्पियन्स लिग दुवै जिताउन सकेनन् । यो बर्ष बार्सिलोनाका लागि सबै भन्दा खराब बर्ष भयो । उसको पोल्टामा एउटै उपाधि छैन ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि ६१ वर्षीय सेटिएनको चर्को आलोचना भएको थियो ।

अब सेटिएनको स्थानमा नेदरल्याण्ड्सको प्रशिक्षक रोनाल्ड कोएमन, टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो र अल शादका मध्ये एक जना प्रशिक्षक बन्ने चर्चा चुलिएको छ ।

कोएमन बार्सिलोनाका पूर्व खेलाडी समेत हुन् । यस्तै पोचेटिनोले ला लिगाकै स्पानयोलको प्रशिक्षण सम्हालिसकेका थिए । जाभी पनि बार्सिलोनाका पूर्व मिडफिल्डर हुन् ।

क्लबले च्याम्पियन्स लिगको लज्जास्पद हारपछि क्लबमा पुरै परिवर्तन गर्ने संकेत गरेको छ । बार्सिलोना क्याप्टेन लियोनल मेस्सी समेत क्लबको प्रदर्शनबाट निराश छन् । उनी पनि क्लब छाड्ने अवस्थामा पुगिसकेका छन् । यद्यपि, क्लबसँग उनको अझै एक वर्षको सम्झौता छ । तर, उनले चाहेको अवस्थामा आज भोली नै क्लब छाड्न सक्ने प्रावधान पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *