१ करोड ४५ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ४५ लाख ५८ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड ४५ लाख ५८ हजार ३२३ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ७ लाख ७३ हजार ३२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २ करोड १८ लाख २४ हजार ८०७ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ७३ हजार १२८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ५५ लाख ६६ हजार ६३२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार ८ सय ४२ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ५२२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ३३ लाख ४० हजार १९७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५८२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ७ हजार ८७९ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ हजार ४५ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ५८ हजार १०८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको हो ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *