फेरी बढ्यो प्रेटोल डिजेल र मट्टितेलको मुल्य

काठमाडौं । प्रेटोल डिजेल र मट्टितेलको मुल्य बृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढाइएको जनाएको छ । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने कुनै मूल्य परिवर्तन नगरिएको निगमले जनाएको छ । भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको भनिएको छ ।
हाल मूल्य समायोजन पश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रति लिटर ३० रुपैयाँ ७१ पैसा र डिजेलमा प्रति लिटर ३७ रुपैयाँ २७ पैसाले नेपालतर्फ सस्तो रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।








