भोलिदेखि कागेश्वरी मनाेहरा नगरपालिकामा १५ व्यापार व्यवसाय सिल (सूची सहित)

काठमाडौँ । उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्थानीय निकायहरूले क्षेत्र सिल गर्न थालेका छन् । यसैक्रममा कागेश्वरी मनहरा नगरपालिका भोलिदेखि १५ दिन सिल गरिने भएको छ ।

नगरपालिकाले आज सूचना प्रकाशित गरी भाद्र १ गतेदेखि भाद्र १५ गतेसम्म नगरपालिका सिल गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले १५ दिन अत्यावश्यक बाहेक सबै प्रकारका व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताएका छन् ।

नगरपालिकाले मेडिकल, अस्पताल, खाद्यान्न, तरकारी, डेरी, फलफूल पसलहरू बाहेक अन्य पसल व्यवसाय बन्द गर्न भनेको छ ।

नगरपालिका भित्र गत वैशाख १ गतेदेखि आज ३२ गतेसम्म आई पुग्दा ५६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ४६ जना कोरोना पुष्टि साउन ७ गतेपछि मात्र भएको छ ।

यी हुन् बन्द हुने व्यवसाय
१. कपाल काट्ने शैलुन र ब्युटी पार्लर
२. चिया पसल
३. फेन्सि स्टोर तथा कपडा पसल
४. मोबाइल पसल
५. मदिरा पसल
६. रेस्टुरेन्ट ९प्याकिङ मात्र होम डेलिभरी०
७. मेकअपका सामान बेच्ने पसल
८. बुटिक पसल
९. ड्राईभिड्ग सेन्टर
१०. ट्यूशन सेन्टर
११. ठेलागाडा र फुटपाथका पसल
१२. सुन पसल
१३. कबाडी सङ्कलन
१४. मासु पसल
१५. मोटर साइकल वर्कशप

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =