लिदी पहिरो : रेडक्रसको पहलमा १० दिनका लागि पुर्‍याइयो खाद्य सामाग्री

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं २ लिदी गाउँमा साउन ३० गते बिहान सुख्खा पहिरो जाँदा ३७ घर पूर्ण क्षति भएका र करिब १७९ घर प्रभावित भएका छन् । अहिलेसम्म १२ जनाको सब फेला परेको र २७ जना अझै बेपत्ता रहेका जिल्लाबाट रेडक्रस अधिकृत राजकुमार लम्सालले बताएका छन् ।

घटनास्थलमा रेडक्रसको सहयोगमा १० दिनका लागि पुग्ने खाद्यान्न सामग्री पुर्‍याइएको छ । रेडक्रस शाखा सदस्य अमृत कुमार खड्काको पहलमा जिल्ला शाखाद्वारा नेपाल आर्मीको हेलिकप्टर मार्फत घटनास्थलमा खाद्य सामग्री पठाइएको हो । खाद्य सामाग्रीमा दाल, चामल, तेल, नुन, गरम मसला रहेका छन् ।

साथै, अस्थायी शौचालयका लागि २ वटा स्कुटिङ प्लेट, खानेपानी कार्यालयको सहजीकरणमा खानेपानीको लागि १४०० मिटर पाइप पनि पठाइएको छ । स्थानीय उपशाखाबाट घटनास्थलमा २ जनाले निरन्तर सहयोग गरेका छन् भने ५ जना थप स्वयंसेवक द्रुत लेखाजोखाको लागि परिचालन तयारी गरिएको छ ।

smart

पहिरो प्रभावित स्थानमा भएका घाइतेहरूको उद्धारका लागि आवश्यक समन्वय र पहलबाट रेडक्रसले हिजो तत्कालै कार्य सुरु गरेको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा प्रभावित परिवार मध्ये तत्काल ३० परिवारका लागि पुग्ने गरी आवश्यक पर्ने गैह्र खाद्य सामाग्री पूर्ण सेट पठाइएको थियो ।

पहिरोबाट पूर्ण क्षति भएका ३७ परिवार हाल माने डाँडाको चौरमा अस्थायी क्याप्पमा बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *