प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १९०७ पुग्यो, आज मात्रै थपिए ८६ जना

विराटनगर । प्रदेश नम्बर १ मा आज (शनिवार) ८६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, तेह्रथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा सङ्क्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, ग्रामथान, सुन वर्षीमा १–१ पुरुष र कानेपोखरीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै सुनसरीको धरानमा २ महिला ९ पुरुष, रामधुनीमा ५ पुरुष, बर्जुमा ३ पुरुष, तेह्रथुमको म्याङ्लुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ७ पुगेको छ भने आज १ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको कोभिड १९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समिति संयोजक डा.सरोज विशालले जानकारी दिए ।

उनका अनुसार प्रदेश १ मा आज सम्म ६४ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *