लिदी पहिरोबारे पछिल्लो जानकारी : मृतकको संख्या १३ पुग्यो

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

शनिबार (आज) बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

“खोजतलासको क्रममा थप दुईवटा शव भेटिएको छ ।” उनले भनेका छन्, ‘सायद अहिलेसम्म बाहिर निकालिसकिएको छ ।’

लिदीको तामाङ बस्तीमा शुक्रबार (हिजो) गएको पहिरामा बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य जारी राखिएको पनि अधिकारी ढकालले बताए ।

खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =