सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि

धनुषा । जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका डा.सूर्यनारायण यादवलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा बिहीबार ६४ बर्षीय यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीसहित ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

सांसद यादव बालरोग विशेषज्ञ समेत हुन् । उनीसहित सबै संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eighteen =