सनराइज बैंकको कोरोना कोषमा ७९ लाख ४४ हजार रुपैयाँ सहयोग

काठमाडौं । सनराइज बैंकले कोरोना कोषमा ७९ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ सनराइज बैंक हो । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो ।

सहयोग रकम बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् । उक्त रकमबाट कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकको विश्वास छ ।

अर्थमन्त्री डा.खतिवडाले बैंकलाई धन्यबाद दिँदै बैंकले प्रदान गरेको उक्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताएका छन् ।

सनराइज बैंकले यस अघिपनि देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरुलाई कोरोनासंग लड्न अति आवश्यक सामार्ग्रीहरु जस्तै पीपीई, मास्क, स्यानिटाइजर आदि हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *