चितवनमा थप ६ जनामा काेराेना संक्रमण पुष्टि

चितवन । भरतपुर महानगरपालिका चितवन जिल्लाकै सबैभन्दा उच्च जोखिममा परेको छ । कोरोना भाइरस संक्रमणको दर अन्य स्थानीय तहको तुलनामा भरतपुर महानगरपालिकाभित्र बढी देखिन्छ ।

पछिल्लो २४ घण्टामा मात्रै भरतपुर महानगरपालिकाभित्र १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि २४ घण्टामा संक्रमितको संख्या १५ पुगेको हो ।

शुक्रबार गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा नं. ७ का ६ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएकाहरूमा संक्रमण पुष्टि भएको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *