थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २४० जना निको भएर फर्किए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५९४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ भने २४० जना निको भएर फर्किएका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । संक्रमितमध्ये १७ हजार ७७ जना डिस्चार्ज भइसकेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण भएको छ ।

देशभर १४ हजार ६३८ जना क्वारेन्टिनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए । भेन्टिलेटरमा ४ संक्रमित छन् । हालसम्म ९९ जनाकाे मृत्यु भएकाे छ । आज थप ४ जनाकाे मृत्यु भएसँगै मृतक संख्या ९९ पुगेकाे हाे ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ८३, भक्तपुरका ६ र ललितपुरका ३० जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *