बन्द प्रशिक्षणमा बोलाइएका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा सहभागी एक खेलाडीमा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि बाेलाएकाे एक २० वर्षीय खेलाडीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । 

एन्फाले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोट तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाएकाे थियो । त्यसका लागि एन्फाले खेलाडीलाई साउन १७ गतेदेखि क्‍वारेन्टिनमा राखेको थियो ।

भदाै १ देखि फुटबल टोलीको बन्द प्रशिक्षण सुरु गर्ने भन्दै एन्फाले पाटन अस्पतालमा खेलाडीसहित २३ खेलाडीकाे काेराेना परीक्षण गराएकाे थियाे । उनीहरूमध्ये एक जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हाे । पहिलाे पटककाे परीक्षणमा रिपाेर्ट पाेजेटिभ आएपछि पाटन अस्पतालले पुनः दाेस्राे पटक परीक्षण गरेकाे थियाे । दाेस्राे पटककाे परीक्षणमा पनि रिपाेर्ट पाेजेटिभ आएको हाे। संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य छ ।

अहिले एएफसीले काेराेना कारण अवस्था सामान्य नभएकाे भन्दै तय भएको छनोट तालिका तत्कालका लागि स्थगित गरेपछि एन्फाले पनि बन्द प्रशिक्षण पनि स्थगित गरिसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =