प्रशिक्षणमा बोलाइएको फुटबलरमा कोरोना संक्रमण पुष्टि
२०७७ साउन ३० गते

फाइल फोटो
काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बोलाईएका एक फुटबलरमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत मंगलबार संक्रमित खेलाडीको स्वाब परिक्षण गरिएको थियो । संक्रमित खेलाडीको बिहीबारको परिक्षण नतिजा पोजेटिभ आएको थियो ।
एन्फाले तत्काल सूचना जारी गर्दै एक खेलाडीको पुन परिक्षण गरिने बताएको थियो । बिहीबार दोस्रो पटक गरिएको परिक्षणको रिपोर्ट समेत पोजेटिभ आएको बताइएको छ ।
कोरोना देखिने खेलाडीको नाम भने गोप्य राखिएको एन्फाले जनाएको छ । एन्फा स्रोतका अनुसार उनलाई पुनः तेस्रो पटक परिक्षणका लागि नीजि अस्पतालमा लग्ने तयारी गरिएको छ ।
फिफा विश्वकप छनोटका लागि बन्द प्रशिक्षण सुरु गर्न एन्फाले सबै खेलाडीको कोरोना परिक्षण गरेको थियो । एक खेलाडी बाहेक अन्य सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
२०७७ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित








