प्रदेश २ मा चिकित्सकसहित थप ४९ जनामा काेराेना संक्रमण पुष्टि

वीरगञ्ज । प्रदेश २ मा चिकित्सकसहित ४९ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा बाराका २७, पर्साका २० र महाेत्तरीका २ गरी ४९ जनामा संक्रमण पुष्टि भएकाे हाे । संक्रमितहरू २ वर्षदेखि ६२ वर्षका छन् । संक्रमितमध्ये १२ जना महिला रहेका छन् ।

नारायणी अस्पतालका स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएकाे अस्पतालले जनाएकाे छ । संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । कन्ट्याक्ट ट्रेसिङकाे काम पनि भइरहेकाे बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *