प्रभु बैङ्कको डिबेन्चर बाँडफाँट : कसलाई कति कित्ता ? (सूचीसहित)

काठमाडौँ । प्रभु बैङ्कको कित्ता डिबेन्चर बाँडफाँड गरिएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मिति २०७७ साल श्रावण १९ गतेदेखि मिति २०७७ साल श्रावण २३ गतेसम्म रु. १,०००/ अङ्कित दरको २०,००,००० (बीस लाख) कित्ता ऋणपत्रहरू सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरिद बिक्रीका लागि आह्वान गरिएको थियो । सो मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. १ अर्व २० करोड ऋणपूँजी रकम बरावरको विभिन्न व्यक्ति वा सङ्घ संस्थाहरूलाई व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. ८० करोड ऋण पुँजी रकम (५) अर्थात् ४०,००० युनिट सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी रहेको ७,६०,००० कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरूको लागि निष्काशन खुल्ला गरिएको थियो ।

त्यस अवधिभित्र सर्वसाधारण समूहलाई ७,६०,००० (सात लाख साठी हजार) कित्ता ऋणपत्र खरिद आह्वान गरिएकोमा २,३०८ जना आवेदकहरूबाट कूल ७,३०,३६५ (सात लाख तीस हजार तीन सय पैँसट्ठी) कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको थियो ।

रितपूर्वक १,८९१ जना योग्य आवेदकहरूलाई मात्र निजहरूले माग गरे बमोजिम नै बाँडफाँड गरियो । रितपूर्वक १,८९१ जना योग्य आवेदकहरूलाई कूल ३,७९,१३४ (तीन लाख उनासी हजार एक सय चौँतिस) कित्ता ऋणपत्र बाँडफाँड गरियो तथा व्यक्तिगत तवरबाट १२,००,००० (बाह्र लाख) कित्ता ऋणपत्र खरिद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकहरूलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ३,८०,८६६ (तीन लाख असी हजार आठ सय छयसट्ठी) कित्ता समेत गरी कूल पन्ध्र लाख असी हजार आठ सय छयसट्ठी कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो । त्यस मध्ये ४१७ जना आवेदकहरूबाट आवेदन पर्न आएको जम्मा ३,५१,२३१ (तीन लाख एकाउन्न हजार दुई सय एकतीस) कित्ता ऋणपत्र विभिन्न कारणवश अयोग्य भएका थियो ।

सर्वसाधारण समूहबाट ३७,९१,३४,००० (सैँतीस करोड एकानब्बे लाख चौँतिस हजार) रुपैयाँ र व्यक्तिगत तवरबाट १,५८,०८,६६,००० (एक अर्व अन्ठाउन्न करोड आठ लाख छयसट्ठी हजार) रुपैयाँ निष्काशन रकमका लागि आज साउन २९ गतेका दिन निष्काशन तथा बिक्री प्रबन्धकत्वको कार्यालय, नक्साल, काठमाण्डौमा बाँडफाँड गरिएको थियो । प्रभु बैङ्क लिमिटेडका ऋणपत्रमा माग गरिएको भन्दा ३.०७ गुणा बढी आवेदन परेको थियो ।

कसलाई कति कित्ता :

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977021465″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *