करिब ४ लाख ३६ हजार रुपैयाँ बराबरको सुन ठगी, एक जना पक्राउ

काठमाडौं । सुन ठगी गरेकाे अभियाेगमा एक जना पक्राउ परेका छन् । करिब ४ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरकाे सुन ठगी गरेकाे अभियाेगमा शान्तीनगर घर भई काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौं ज्ञानेश्वरबाट बुधबार राति प्रहरीले पक्राउ गरेको हाे ।

मगरले उक्त रुपैयाँ बराबरको डेढ तोलाको १ थान सुनको सिक्री, ५४ लालको १ थान सुनको लकेट, १ तोला ५२ लालको १ थान सुनको ब्रासलेट, १ थान हिराको औंठी र ३५ लालको १ थान सुनको औंठी विभिन्न वहाना बनाई झुक्याई ठगी गरेको प्रहरीकाे आरोप छ ।

मुद्धाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मगरलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + three =