शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामान खरिद गर्न सकिने

 

कठमाडौं । एनआईसी एशिया बैंकल आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य ब्याजदरमै विभिन्न इलेक्ट्रोनिक सामग्री खरिद गर्न सकिने योजना ल्याएको छ । बैङ्कले इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी खरिद रकम किस्ताबन्दीमा बैङ्कलाई भुक्तानी गर्ने सुविधा ल्याएको हो ।

बैङ्कले सिजी डिजिटल प्रा.लि., एल जी लाइफ स्टाइल शोपी प्रा. लि., इभोलुसन ट्रेडिङ प्रा. लि. (इभो), नियोटेरिक नेपाल प्रा. लि., इको इन्फिनिटी प्रा. लि., त्रिवेणी व्यापार कम्पनी प्रा. लि लगायत १६ वटा मर्चेन्टहरूसँग विभिन्न सामग्री क्रेडिट कार्ड प्रयोगकतालाई शून्य ब्याजदरमै उपलब्ध गराउने गरी समझदारी गरेको छ ।

सम्झौताअनुसार बैङ्कका क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले शून्य ब्याजदरमै टिभी, फ्रिज, वासिंङ मेसिन, इलेक्ट्रोनिक स्कुटर, ल्यापटप, आइफोन, आइम्याक, आइप्याड लगायतका सामग्रीहरू खरिद गर्न सक्नेछन् । अतुलनीय फाइदाले भरिपूर्ण यस योजनाबाट ग्राहकले आफ्नो क्रेडिट कार्डको सीमाभित्र रहने गरी न्यूनतम रू. ३० हजार देखि अधिकतम रू. ५ लाखसम्मका उपभोग्य इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सक्नेछन् ।

यस बैङ्कका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैङ्कसँग समझदारी भएका उक्त १६ वटा मर्चेन्टहरूमार्फत आफूलाई चाहिएको उल्लेखित इलेक्ट्रोनिक सामग्री शून्य ब्याजदरमै खरिद गर्न सक्नुहुनेछ । बैङ्कका ग्राहक महानुभावहरूले न्यूनतम ३ महिनादेखि अधिकतम १२ महिनासम्मको समयावधिमा लागत मूल्य बैङ्कलाई किस्ताबन्दीमा तिर्ने गरी शून्य प्रतिशत ब्याजदरमा क्रेडिट कार्डमार्फत सामग्री खरिद गरी भरपुर फाइदा उठाउन सक्नुहुन्छ । यसका लागि क्रेडिट कार्ड प्रयोगकर्ताले बैङ्कसँग समझदारी भएको मर्चेन्टबाट आफूलाई चाहिने सामग्रीको कोटेसन लिएपश्चात् शून्य प्रतिशत फाइनान्सिङ सम्बन्धी निवेदन बैङ्कलाई बुझाउनुपर्नेछ । उक्त निवेदनको आधारमा बैङ्कले आवश्यक प्रक्रिया पूरा गरी ग्राहक महानुभावले इच्छाएको सामग्री बिक्री गर्नको निम्ति मर्चेन्टलाई डेलिभरी अर्डर दिनेछ । डेलिभरी अर्डर प्राप्त गरेपछि मर्चेन्टले उक्त क्रेडिट कार्ड प्रयोगकर्तालाई इच्छाएको सामग्री हस्तान्तरण गर्नेछ र त्यसैअनुसार ग्राहक महानुभावहरूले मासिक किस्ता रकम बैङ्कलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

साथै बैङ्कको मोबाइल बैंकिङ्ग वा बैङ्कको कार्ड (डेबिट/क्रेडिट) मार्फत भुक्तानी गर्दा ग्राहकले देशभरका २,५ सय भन्दा बढी अस्पताल, होटेल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्तसमेत गर्न सक्नेछन् ।

बैङ्कको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैङ्क हो । बैङ्कका २२ लाख भन्दा बढी ग्राहक छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैङ्कले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्व ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *