विराटनगरमा ६० सहित प्रदेश १ मा ११५ संक्रमित थपिए

विराटनगर । प्रदेश नम्बर १ मा आज (बिहीबार) १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

माेरङमा ८८, सुनसरीमा १९,  इलाममा ४,  झापा र उदयपुरमा १/१ र  प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरका २२ महिला र ३८ पुरुष,  बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला र १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला र १० पुरुष, दुहवीमा ३ पुरुष, धरान १ महिला र बराहक्षेत्र र राधुनीमा १/१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको हाे ।

याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *